पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले अर्का पूर्वअर्थमन्त्री डा.बाबुराम भट्टराईलाई गम्भीर आरोप लगाएका छन् । सत्तारुढल दल नेकपाका नेतासमेत रहेको पाण्डेले भट्टराईलाई राजनीतिकरुपमा निरास भइसकेको बताएका हुन् । आइतबार संसद बैठकमा नेता पाण्डेले बजेटका सिद्धान्त र प्राथमिकताकाबारेमा भट्टराईले गरेको टिप्पणीप्रति प्रतिटिप्पणी गर्दै भट्टराईले बजेटका सिद्धान्त र प्राथमिकताबारे टिप्पणी गर्नु सान्दर्भिक नहुने बताएका हुन् ।
पूर्वअर्थमन्त्री पाण्डेले भने, ‘सन् १९८० को दशकमा पूर्व कम्युनिस्टहरुले जुन देशमा क्रान्ति गर्न सकेनन् र असफल भइसकेपछि निराश मानिसहरुले नयाँ आधुनिकतावादको कुरा गर्न थाले र कम्युनिस्ट आन्दोलनको प्रवाह रोकियो । अब यो अगाडि जाँदैन भन्दै नयाँ आधुनिकतावादको कुरा गर्न थाले र क्रिटिकल मोडनिस्ट भिउज्को जन्म भयो । राइटिसभित्र पनि लेफ्ट मुभमेन्टबाटै विरक्तिएकाले यस खालका विचारहरु ल्याए तर त्यो पनि विचार कुनै नयाँ परिणाममुखी, कुनै कुराहरुबाट त्यो निर्देशित थिएन । त्यो एक प्रकारको फ्रस्ट्रेसनको अभिव्यक्ति थियो । यो चिज हाम्रो देशमा पनि स्वयं डाक्टर साबमा पनि व्यक्त हुन्छ ।’
संघीय समाजवादी पार्टीका परिषद् अध्यक्ष  समेत रहेका भट्टराईले यसअघि नीति तथा कार्यक्रम आधा निन्द्रामा लेखिएको भन्ने टिप्पणी गरेका थिए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार