काठमाडौं २५ बैशाख । नेपाली कांग्रेसले आजदेखि जागरण अभियान सुरु गर्दै छ । एक महिना लामो अभियानमा केन्द्रका नेताहरुलाई खटाइएको छ । पछिल्लो समय सरकारका गलत क्रियाकलाप विरुद्ध आक्रामक देखिएको कांग्रेसले यसलाई  ‘राष्ट्रिय जागरण अभियान’ नाम दिएको हो । पहिलो चरण अन्तरग आजदेखि सुरु हुने कार्यक्रम जेठ २५ गतेसम्म चल्ने छ । सबै जिल्लाका टोल वडासम्मै लैजाने यस अभियानले पार्टी सुदृढिकरणमा पनि योगदान पुग्ने कांग्रेसले जनाएको छ । सरकारका विकृतिपूर्ण गतिविधीलाई जनस्तरसम्म लैजाने माध्यामका रुपमा यो अभियान सुरु गर्न लागेको पार्टीले जारी गरेको विज्ञप्तीमा लेखिएको छ । साथै अभियान पूर्णरुपमा नयाँ शैलीमा हुने उसले दाबी गरेको छ । परम्परागत शैलीमा नभई नयाँ ढंगबाट कार्यक्रम बनाइएको नेपाली कांग्रेसले जनाएको छ ।  स्वागत मन्तव्य र कार्यक्रम विसर्जनबाहेक तीन जना मात्र वक्ता हुने र हरेक कार्यक्रममा कम्तीमा एक जना  महिला वक्ता अनिवार्य गरिएको छ। कार्यक्रममा माला, ब्याज र खादा नलगाउने बताएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार