च्याम्पियन्स लिगमा लिभरपुल फाइनलमा प्रवेश गरेको छ । बार्सिलोनालाई ४–० गोलले नै पराजित गर्दै लिभरपुलले उपाधि खेलको यात्रा तय गरेको हो ।
लिभरपुलको जितमा डिभक ओरिजी र जर्जिनियो विज्नाल्दमले २–२ गोल गरे । डिभकले ७ औं र ७९ औं मिनेटमा गोल गरेका हुन् भने जर्जिनियोले ५४ औं र ५६ औं मिनेटमा गोल गरे ।
च्याम्पियन्स लिगमा लिभरपुलका लागि यो अहिलेसम्मकै सबैभन्दा ठूलो नतिजा हो ।
मुख्य फरवार्डहरु मोहम्मद सलाह र रोवर्टो फिर्मिनो बिनै खेलेको लिभरपुल टिमको प्रदर्शन निकै उत्कृष्ट थियो ।
ला लिगा जितिसकेको बार्सिलोनाले पाएको गोल गर्ने उत्कृष्ट मौका गुमाउँदा हार्न पुग्यो ।
च्याम्पियन्स लिग दोस्रो सेमिफाइनल दोस्रो लेगमा बुधबार टोटनह्याम र नेदरल्याण्ड्सको आयाक्स भिड्नेछन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार