काठमाडौं २२ बैशाख ।
नेपाली कांग्रेसका नेता डा. डिला संग्रौलाले सरकारको नीति तथा कार्यक्रम बतासे आश्वासनको थुप्रो भएको बताएकी छिन् ।
नीति तथा कार्यक्रम बारे संसदमा नेता संग्रौलाले नीति तथा कार्यक्रम झुटको पुलिन्दा भएका बताइन् । सरकारले गत वर्षकै घोषणा कार्यान्वयन गर्न नसकेर फेरि अर्को आश्वासनको थुप्रो ल्याएको उनको भनाइ थियो । स्रोत परिचालन नगरी खर्चको मात्रै कुरा गरेर र्दा आयात मुखी अर्थतन्त्रलाई बढाएको बताइन् ।
देशमा शान्ति सुरक्षा नभएको भन्दै निर्मला पन्तका हत्यारा अझै पत्ता नलगाएको आक्रोश समेत पोखिन् । प्रदेश सरकारलाई जानी जानी अधिकार नदिएर पंगु बनाएको भन्दै यो सरकार संघीयता फेल पार्न लागेको पनि संग्रौलाले बताइन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार