काठमाडौं, २२ बैशाख । सरकारद्धारा आगामी आर्थिक वर्ष २०७६ ०७६ का लागि  जारी नीति तथा कार्यक्रममा बारे छलफल सुरु हुँदै छ । व्यवस्थापिका संसदको बैठकमा गएको शुक्रबार राष्ट्रपतिबाट नीति तथा  कार्यक्रम सार्वजनिक भएको थियो । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रस्तुत नीति तथा कार्यक्रमका बारेमा शंसोधन दर्ता गराएको छ । शंसोधन गराएका विषयमा प्रधानमन्त्रीले जवाफ दिने संसदीय परम्परा रहेको छ । नीति तथा कार्यक्रमा राष्ट्रपतिले प्रयोग गरेको मेरो सरकार पदावलीको स्वयम सत्तारुढल दलबाट पनि विरोध भइरहँदा प्रमुख विपक्षी दलले पनि यसलाई स्पष्ट पार्न माग गरेको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार