तुलसीपुर २० बैशाख ।
तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डेले नीजि बिद्यालय प्रतिको मोह घटाउनुपर्ने बताएका छन् । पीडित सेवा संघ दाङले आज बुधबार आयोजना गरेको कैदी बन्दीका छोरा छोरीका लागि शैक्षिक सामाग्री र छात्रबृत्ति बितरण कार्यक्रममा नगरप्रमुख पाण्डेले सामुदायिक बिद्यालयको शैक्षिक सुधारमा स्थानीय सरकार लागि परेको पनि बताए । सामुदायिक बिद्यालयको गुणात्मक शिक्षा हाम्रो चाहँना हो, अवको योजना पनि त्यही किसिमको बन्ने छन्,नगरप्रमुख पाण्डेको भनाई छ । १२ बर्ष उमेर मुनिका कुनैपनि वालवालिकालाई स्कुल बाहिर राख्न पाईने छैन्,कोही कुनै कारणले शिक्षाको पहुँच देखि टाढा भए स्थानीय सरकारलाई जानकारी गराउन उहाले आग्रह समेत गरे ।  सो अवसरमा मानव अधिकार तथा शान्ति समाजका केन्द्रिय महासचिव एबम पत्रकार सुशील बस्नेतले संबैधानि ब्यबस्थाको खिलाप सामुदायीक बिद्यालयले शुल्क लिने गरेको बताए । सामुदायिक बिद्यालयको आर्थिक ब्यबस्थापनमा सरकारले बिशेष नीति ल्याउनु पर्ने र सबै बालबालिकाहरुलाई शिक्षा अनिर्वाय गराउन निःशुल्क शिक्षाको ब्यबस्था हुनुपर्नेमा उहाले जोड दिए । तर बिद्यालयमा बिभिन्न बाहनामा शुल्क लिने गरेको उहाले तितो यर्थाता प्रस्तुत गरे । तुलसीपुर उपमहानगरपालिका वडा नम्वर ५ का सदस्य एबम पत्रकार सरेश श्रेष्ठले कैदी बन्दीका बालवालिकाहरुलाई झण्डै ७ बर्षदेखि छात्रबृत्ति र शैक्षिक लगायतका सामाग्री बितरण गरेकोमा पीडित सेवा संघलाई धन्यबाद दिए ।  दाङ,रोल्पा,रुकुम र सल्यान घर भई कारागार शाखा तुलसीपुरमा कैदी बन्दी जीवन भूक्तानी गरि रहेकाका अभिभावकका ५५ जना बालबालिकाहरुलाई ब्याग,छाता,झुल,टवेल लगायत प्रति बालवालिका ८ सयका दरले छात्रबृत्ति बितरण गरिएको संघका अध्यक्ष टोपबहादुर महतराले बताए । पीडित सेवा संघका केन्द्रिय निर्देशक दिनेश न्यौपानको अध्यक्षता एबम तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डेको प्रमुख आतिथ्यमा उक्त सामाग्री तथा छात्रृबित्त बितरण गरिएको थियो । त्यसअवसरमा राप्ती प्रादेशीक अस्पताल तुलसीपुरका स्टाफ नर्स सबिता केसीले बालबालिकाहरुको स्वास्थ्य हेरबिचारका बारेमा जानकारी गराए । पीडित सेवा संघले वालवालिकाको क्षेत्रमा उत्कृष्ट कार्य गरेको भन्दै नगरप्रमुख घनश्याम पाण्डे,मानव अधिकार तथा शान्ति समाजका केन्द्रिय महासचिब एबम पत्रकार सुशील बस्नेत,पत्रकार सुरेश श्रेष्ठ र कारागार शाखा तुलसीपुरका निमित्त जेलर जोखिम वलीलाई सम्मान गरेको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार