काठमाडौं,९ चैत्त । नेकपा माओवादी नेता हेमन्तप्रकाश ओली सुदर्शन प्रक्राउ परेका छन् । प्रहरीको विशेष टोलीले उनलाई गएराती प्रक्राउ गरेको हो । केहीदिन अघि देखि ओलीलाई पछ्याइरहेको प्रहरीले गएराती काभ्रमा प्रक्राउ गरेको हो । सरकारले नेकपा माओवादीलाई प्रतिवन्ध लगाएदेखि उसप्रतिको कारवाहीलाई तिव्र बनाएको छ । काठमाडौंं उपत्याका विस्फोटनमा ओलीको संलग्नता भएको दाबी गर्ने प्रहरीले उनलाई प्रक्राउ गरेको हो । माओवादीका शीर्ष तहमा रहेका ओलीको प्रक्राउले उक्त पार्टीका गतिविधीमा नियन्त्रण हुने प्रहरी प्रशासनको बुझाई छ । ओलीसँगै उनका केही कार्यकर्ता पनि प्रक्राउ परेका छन् । ओली माओवादीका स्थायी कमिटि सदस्य हुन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार