दाङ ४ चैत । दाङमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । अन्य २९ जना घाइते भएका छन् । दुर्घटनामा परी रुण्टिगढी गाउँपालिका वडा नं ०७ रोल्पाका बसका सहचालक हर्कबहादुर पुनको उपचारको क्रममा मृत्यू भएको हो । घाइते अन्य दुईको अवस्था गम्भीर रहेको छ । रोल्पा बागमाराबाट आउदै गरेको ना ४ ख ६०९४ नम्वरको बस घोराही उपमहानगरपालिका वडा नं १३ बराहकुने दह नजिकै दुर्घटना भएको परेको हो
। घटनास्थलमा अहिले प्रहरी पुगिसकेको छ । घटनाको थप विवरण आउन बाँकी रहेको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार