तुलसीपुर ४ चैत ।
संझना टोल विकास संस्था तुलसीपुर उपहानगरपालिका वडा नम्वर ५ को भवन निर्माण कार्य शुरु गरिएको छ । संस्थाका अध्यक्ष हरीबहादुर विकको अध्यक्षता एबंम तुलसीपुर उपमहानगरपालिका वडा नम्वर ५ का अध्यक्ष बिरेन्द्रकुमार शाहको प्रमुख आतिथ्यमा भवनको आज सोमबार शिलन्यास गरिएको हो । ३ कोठाको उक्त भवन निर्माणका लागि टोल विकास संस्थाले ३ लाख बिनियोजन गरेको अध्यक्ष बिकले जानकारी दिए । टिनको पाताको छाना भएको भवन निर्माणका लागि करिव ६ लाख रुपैया लाग्ने अनुमान गरिएको छ ।
भवन शिलन्यास कार्यक्रममा ५ नम्वर वडा सदस्य सुरेशकुमार श्रेष्ठ,ब्यबसायीहरु पूर्णप्रसाद धिताल,होमप्रकाश गौतम र बिगेन्द्र शाह,तुलसीपुर जेसीजका अध्यक्ष मेघराज घिमीरे लगायतले मन्तब्य ब्यक्त गरेका थिए । कार्यक्रमको सहजिकरण संस्थाका कोषाध्यक्ष भीम अधिकारीले गरेका थिए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार