दाङ, चैत ४ । दाङमा भालुको आक्रमणमा परी एक व्यक्ति गम्भीर घाइते भएका छन् । देखुरी उपत्यकामा पर्ने  गढवा गाउँपालिका वडा नं ६ मनिकापुर निवासी ५५बर्षीय पुरन रोका मगर भालुको आक्रमणबाट गम्भीर घाइते भएका हुन् ।

घाइते मगरको हाल बाँकेस्थित नेपालगञ्ज नरसिंह होममा उपचार भइरहेको छ । स्थानीय जंगलमा बाख्रा चराउन गएका मगरलाई आइतवार बेलुका ५ बजेतिर भालुले एकाएक आक्रमण गरेपछि उनी गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख एवं एसपी बेलबहादुर पाण्डेले जानकारी दिए ।

भालुको आक्रमणवाट मगरको बायाँ गाला, आँखा, नाक र पाखुरामा गहिरो घाउ भएको प्रहरीले बताएको छ । जंगलमा बाख्रा खोज्दै हिडेका दुईजना मध्य मगरलाई भालुले एकाएक झम्टिएको थियो । उनीसँगै गएका अर्का व्यक्तिले पछि अचेत अवस्थाका मगरलाई उद्धार गरी जंगलबाट बाहिर ल्याएको प्रहरीले बताएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार