काठमाडौं,२२ फागुन । राजपा नेपाललाई सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । आज एक विद्दप्ती जारी गदै उसले सरकार आफ्ना मागप्रति अनुदार भएका कारण उसको समर्थन फिर्ता लिएको जनाएको छ । आजै कैलाली जिल्ला अदालतले टिकापुर घटनाका आरोपी सांसद रेशम चौधरीलाई जन्मकैदको सजाय सुनाएको झोकमा राजपाले समर्थन फिर्ता लिएको हो । यद्यपी उसले सरकारले कुनै पनि आफ्ना माग पूरा नगरेका कारण फिर्ता लिन बाध्य भएको विज्ञप्तीमा भनेको छ । अहिलेसम्मकै बलियो सरकार बने पनि मधेश मुद्दमा कुनै काम नगरेको, विगतमा भएका मधेश आन्दोलन, थरुहट आन्दोलनका माग पूरा नगर्ने भए पछि सरकारलाई समर्थन गर्नुको औचित्य सकिएको राजपाले जनाएको छ ।
निर्वाचित आफ्ना सांसदलाई जन्मकैद सुनाएको प्रति आफ्नो पार्टी मर्माहत र स्तब्ध भएको उसको विज्ञप्तीमा लेखिएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार