काठमाडौं,१८ फागुन । नेकपाका नेता भरतमोहन अधिकारीको निधन भएको छ । मण्डिखाटारस्थित ह्याम्स अस्पतालमा उपचारको क्रममा शनिबार राति निधन भएको नेकपाका नेता कृष्णगोपाल श्रेष्ठले जानकारी दिए । ८४ वर्षीय अधिकारी पछिल्लो समय स्वासप्रश्वासमा समस्या भएपछि अस्पतालमा भर्ना भएका थिए । मुटु र फोक्सोले काम गर्न छोडेपछि उनको भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो । अन्तिम श्रध्दाञ्जलीको लागि उनको पार्थीव शरीर आइतबार विहान ९ बजदेखि १२ बजेसम्म पार्टी केन्द्रीय कार्यालयमा राखिने नेता श्रेष्ठले जानकारी दिए । उनी पूर्व अर्थ तथा उपप्रधानमन्त्री हुन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार