काठमाडौं, १८ फागुन । नेकपाका नेता भरतमोहन अधिकारीलाई बचाउन सकिने सम्भावना न्यून रहेको अस्पतालले जनाएको छ । कृत्रिम स्वासप्रस्वासका लागि भेन्टिलेटरमा राखेर उपचार भइरहेपनि उनको स्थिती स्थीर रहेको अस्पतालले जनाएको छ । केहीबेर अघि ह्याम्स अस्पतालले पत्रकार सम्मेलन मार्फत उपचारमा संलग्न चिकित्सकले अधिकारीको बारेमा जानकारी दिएका थिए । अधिकारीले विगत २४ घण्टादेखि दिसापसाव केही गरेका छैनन् । उपचारको प्रयास भए पनि महत्वपूर्ण अंगले काम गर्न छोडेकाले उनको अवस्था एकदमै नाजुक भएको चिकिच्सकले जनाकाए छन् । उनको स्वास्थ्य लाभको कामना गर्दै नेकपाका नेता माधबकुमार नेपाल लगायताका नेताहरु अस्पताल पुगेका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार