काठमाडौं, १५ फागुन । संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री र रबिन्द्र अधिकारीको हेलिकोप्टर दुर्घटनामा परी निधन भएको छ । तेह्रथुमको एक कार्यक्रमा सहभागी भई पाथीभा मन्दिरको दर्शन गरेर फर्कने क्रममा मन्त्री सवार हेलिकोप्टर दुर्घटनामा परेको हो । उक्त दुर्घटनामा परी मन्त्री अधिकारी सहित अन्य ६ जनाको निधन भएको छ । दुर्घटनमा परी मृत्यु हुनेमा पर्यटन व्यवसायी आङछिरिङ शेर्पा, नेपाल नागरिक उड्ययन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्र श्रेष्ठ, प्रधानमन्त्री कार्यालयका उपसचिव युवराज दाहाल, मन्त्री अधिकारीका सुरक्षाकर्मी अर्जुन घिमिरे र पाइलट प्रभाकर केसीको मृत्यु भएको हो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार