काठमाडौं, ७ माघ ।
प्रधानमन्त्री ओलीले लोकतन्त्रमा जस्तै समृद्धिको अभियानमा पनि सहयोग पुर्याउन आन्तरिक तथा बाह्य समुदायलाई पनि आग्रह गरेका छन् । प्रजातन्त्र दिवसको अवसरमा राजधानीको टुडिँखेलको कार्यक्रमलाई सम्बोधन गर्दै आर्थिक तथा सामाजिक क्षेत्रका कार्यभार पूरा गर्ने अभियानमा तिव्ररुपमा लागी परेको बताएका हुन् । प्रधानमन्त्री केपी ओलीले समृद्ध नेपाल खुसी नेपालीको अभियानलाई पूरा गर्न कटिवद्ध भएर लागी परेको बताएका छन् ।
समृद्धि प्राप्तीको लागि लगानी शिखर सम्मेलनको आयोजना गरिएको बताउँदै प्रधानमन्त्री ओलीले वैदेशिक लगानीकर्तालाई निरुत्साहित पार्ने प्रवृती शोभनीय नभएको बताए । चैतमा हुने लगानी सम्मेलनले विदेशी लागनी भित्र्याउन सहयोग मिल्ने बताउँदै समृद्धिको अभियानमा योगदान पुग्ने उनको भनाई थियो । प्रधानमन्त्रीले समाजमा नकारात्मक सन्देश दिने प्रवृतीप्रति पनि सरकार कठोर हुने बताएका थिए । लिखित भाषण मार्फत सम्बोधन गरेका प्रधानमन्त्रीले विकास निर्माणमा अवरोध पुर्याउने कसैलाई पनि नछोडिने बताए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार