
भोजपुर, २१ माघ : फरार अभियुक्त सात वर्षपछि पक्राउ परेका छन् ।
अवैध गर्भपतन मुद्दामा २०६९ जेठ २५ गते जिल्ला अदालतद्वारा तीन वर्ष कैद सजाय पाएका आमचोक गाउँपालिका–३ थिदिङखाका ३९ वर्षीय राजकुमार राईलाई पक्राउ गरी आइतबार कारागार चलान गरिएको छ । प्रहरी निरीक्षक पाण्डवकुमार राजवंशीका अनुसार इलाका प्रहरी कार्यालय घोडेटारको टोलीले उनलाई पक्राउ गरेको हो ।
चौसठ्ठी मुद्दा फैसला
जिल्ला अदालतले चालू आवको ६ महीनामा ६४ मुद्दाको फैसला गरेको छ । साउनदेखि पुस मसान्तसम्म विभिन्न शीर्षकमा १४७ मुद्दा परेको थियो । अझै ८३ मुद्दाको फैसला हुन बाँकी छ ।
छ महीनाको अवधिमा कर्तव्य ज्यानका सात, ज्यान मार्ने उद्योगको एउटा, जबर्जस्ती करणीका १६, जबर्जस्ती करणी उद्योगका चार, सम्बन्धविच्छेदका ४८, ठगीका तीन, अंशसम्बन्धी १५, मानाचामलका ६, गाली बेइज्जतीका पाँच तथा कुटपिटको ८ मुद्दा परेको थियो ।
विद्यार्थीलाई पोशाक वितरण
अरुण गाउँपालिका–५ याकुमा एक शिक्षिकाले असहाय विद्यार्थीलाई विद्यालय पोशाक वितरण गर्नुभएको छ । पञ्चकन्या आधारभूत विद्यालय याकुकी शिक्षिका प्रतिमा पोखरेलले सोही विद्यालयमा अध्ययनरत ११ असहाय विद्यार्थीलाई आफ्नो निजी लगानीमा विद्यालय पोशाक वितरण गर्नुभएको हो । पोशाक किन्न नसकेका बालबालिकालाई सहयोगस्वरुप पोशाक उपलब्ध गराएको शिक्षिका पोखरेलले बताउनुभयो ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
- तारा एयर हरायो, खोजी कार्य जारी
- वरिपरि भोज, भित्र मतदान
- शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण प्रदान
- निर्वाचित वडा सदस्य कारागार चलान
- जमीन बाँझो नराख्ने गरी भू–उपयोग नीति ल्याउने
- बसको ठक्करबाट एकको मृत्यु
- जिप दुर्घटनामा दुईको मृत्यु
- प्राविधिक शिक्षामा लगानी बढाइने
- “अन्तिम पात” : ओ हेनरी
- फिजीमा ८.२ म्याग्निच्युडको भूकम्प
- सरकारको पहिलो वर्ष ʿप्रादेशिक नीति तथा संरचना निर्माण वर्षʾ
- तरकारीको बीउ छर्दै महिला
- महिला च्याम्पियन्स लिग क्रिकेट चैतमा
- चट्ययाङ पर्दा घर जलेर नष्ट
- दुर्घटनामा चालकको मृत्यु,१३ घाइते
- कलाकार र खेलाडीले दिलाए पहिचान : मुख्यमन्त्री शाही
- रत्नेचौरको फाँटमा पहेलै भएर फूलेको तोरी
- स्वदेशमै रोजगारीको अवसर जुट्दै
- बागलुङमा कृषि विज्ञान क्याम्पस
- भूकम्पले चर्केको घर भत्किँदा वृद्धको मृत्यु