काठमाडौं, ६ माघ । धरान उपमहानगरपालिकाले सिक्किमको गान्तोक नगरपालिकासँग भगिनी सम्बन्ध गाँस्ने प्रस्ताव गर्यो । छलफल गर्न गान्तोकले धरानका पदाधिकारीलाई निम्त्यायो । बैठकले सात जना गान्तोक जाने सिफारिस गर्यो । कार्यवाहक मेयर मञ्जु भण्डारी भने ३० जनाको टोली लिएर गइन् । तर, उनीहरु पदाधिकारीको जन्मदिन र व्यवसायीको वैवाहिक वर्षगाँठ मनाउन व्यस्त छन् ।
धरान उपमहानगरपालिकामा केही समययता बजेट दुरुपयोग बढेको समाचार आइरहेका छन् ।

त्यसैलाई पुष्टि गर्नेगरी वरिष्ठ प्रशासकीय अधिकृत खगेन्द्र खतिवडाको जन्मदिन गान्तोकमा मनाइएको छ । उनले जन्मदिन मनाएको तस्बिर फेसबुकमा राखेका थिए ।

कार्यवाहक मेयर भण्डारीको नेतृत्वमा बुधबार धरानबाट हिँडेको टोलीमा प्रशासकीय अधिकृत खतिवडा, अन्य जनप्रतिनिधि, यातायात व्यवसायी, कलाकार र पत्रकारसमेत छन् । यो समाचार आजको अन्नपूर्णपोष्ट दैनिकमा छापिएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार