काठमाडौ,१२ मसिंर। सवारी होस वा बिमान यसको सम्पुर्ण जिम्मेवारी चालक नै हुने गर्छ । उनीहरुको सानो गल्तीले पनि कयौको ज्यान गुम्ने गर्छ त्यसैले यी पेशाहरुमा उनीहरु निकै गम्भिर र सजग हुनु नै पर्छ । तर हालै उडिरहेको बिमानका चालक ककपिटमै निदाएपछि निश्चित गन्तव्य भन्दा झण्डै पचास किलोमिटर पर पुगेको छ ।

गत ८ नोभेम्वरमा डेभोनपोर्टबाट तास्मानियाको किंग आइलन्ड तर्फ उडेको उक्त फ्रेइट फ्लाइटमा ति एक्लै पायलट मात्र सवार रहेका थिए । अष्ट्रसलियाली पारवहन सुरक्षा ब्युरो (एटिएसबि) ले यस घटनामाथि गम्भीर ढंगले छानविन गरिरहेको स्थानिय संचार माध्यमले जनाएको छ । तर अधिकारीहरुले बिमान सुरषित रुपमा अवतरण हुनु अघि पाइलट कसरी ब्युँझिए भन्नबारे भने स्पष्ट गरेका छैनन् ।

बिमानभित्र भने पाइलट मात्र रहेको बताईएको छ ‘पाइपर पीए–३१’ विमान किंग आइल्याण्डबाट डेभन पोर्ट गइरहेको अवस्थामा उक्त विमानका पाइलट निदाएका थिए । घटना सार्वजनिक भएपछि यसले चौतर्फी ध्यान आकृष्ट ग¥यो । सोही कारण एटिएसबिले जारी गरेको एक संक्षिप्त विज्ञप्तिमा भनिएको छ , ‘ यात्राको दौरान पायलत अचानक मस्त निँदाउन पुगेपछि विमान किंग आइलन्ड भन्दा ४६ किमि टाढा उड्न पुगेको थियो । ’

उडयन विशेषज्ञ नेइल ह्यान्सफोर्डले अष्ट्रेलियाली ब्रोडकास्टिंग कर्पोरेसनलाई बताएका छन् , ‘ अष्ट्रेलियामा विमान चालकको थकान सम्बन्धि नियमहरु निकै कडा छन् । संसारका कुनै पनि स्थानमा थकित पाइलटलाई विमान चलाउने अनुमति छैन । ’ यो घटनासंगै पाइलटसंग जवाफ माग्ने भएका छन् । स्मरण रहोस यसअघि पनि मेलवर्नबाट किंग आइलन्ड तर्फ उडेको लगत्तै एउटा विमान दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको थियो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार