भारत, ७ मंसिर । यतिबेला बलात्कारका घटनाहरु दिनप्रतिदिन खबरमा आउँने गर्छन जसमा अधिकांश हिंसा परिवारकै सदस्यबाट हुने गरेको देखिन्छ । यसबीचमा भारतमा आफनी छोरी बलात्कार गर्ने एक जना बुवाले जेलभित्रै आफनो लिंग काटेका छन् ।

छोरी बलात्कार गरेको अभियोगमा केरलाको इदुक्कीस्थित पिरमाडे जेलमा रहेका कैदी वेन्दी पेरियारले जेलभित्रै दाह्री काट्ने ब्लेडले रेटेर आफ्नो लिंग काटेर अलग गरेका हुन् । कैदीलाई दाह्री खौरिनका लागि जेल प्रशासनले दिएको ब्लेडले उनले लिंग काटेका हुन् ।

लिंग अलग गरेका उनको उपचार भईरहेको छ । डाक्टरहरुले उनको छिनेको लिंग जोड्न सफल भएका छन् । छोरी बलात्कारको आरोप लागेपनि उनले यसलाई स्वीकार गरिसकेका छैनन । उनलाई अगष्टमा आफ्नै छोरी बलात्कार गरेको अभियोगमा प्रक्राउ गरिएको थियो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार