प्रियंका चोपडा र निक जोनसको विवाह पनि दीपिका रणवीरको जोडिको जस्तै दुई तरिकाले हुने भएको छ ।

यो जोडि अलग अलग  देशको भएको कारणले होला पहिला इंडियन स्टाइलले र दोस्रोमा क्रिश्चिन स्टाइलले विवाह हुने भएको हो । विवाह ३ डिसेम्बरको दिन भारतीय संस्कार बाट पहिला हुनेछ । प्रिय्रंका निकको विवाह जोधपुरमा रहेको उम्मेद भवनमा तीन दिन सम्म चल्ने छ । पछिल्लो केहि दिन अगाडी प्रियंकाको आमा मधु चोपडा बिवाहको तयारिको जाच गर्नको लागि जोधपुर गएकी थिईन् ।

प्रियंकाको नजिक रहनेको भनाई अनुसार विवाह डेट २ डिसेम्बर रहेको सुचना आएको छ । जबकि मेहेन्दी र संगीत सेरोमनी २९ र ३० नोबेम्बर को दिन हुन गैईरहेको छ । बिवाहको तयारिको विचमा प्रियंका चोपडा सोनाली बोसका डायरेक्शनमा बन्न गईरहेको फिल्म ९द स्काय इज पिंक० को शृुटिङुग पनि गरिरहेकी छन् । फिल्म शुटिङ्को कारणले गर्दा प्रियंका हाल दिल्लीमा नै व्यस्त रहेकी छिन् ।

यो विचमा बिवाहको तयारी धुमधामले भईरहेको छ भने प्रियंका केहि दिन अगाडी बिवाहको सपिङ गरेर इंडिया आईसकेकी छीन् । प्रियंकाका जोडि निकको कुरा गर्ने हो भने अहिले निक संगीत सेरोमनीको लागि प्रियंकाले मोडलिङ गरिसकेको फिल्मको गितमा डान्स सिकिरहेका छन् जस्को कोरियोग्राफर गणेश हेगडे रहेका छन् । प्रियंकाको बिवाहको ट्रुजोको डिजाइनर अबु जानी र संदीप खोसला रहेका छन् ।

यो जोडिले प्रियंकाले अभिनय गरेको फिल्म ९देवदास० को कस्ट्युमको पनि डिजाइन गरेका थिए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार