
पोखरा, ६ मंसिर। पदयात्रा पर्यटनका लागि विश्वमा नै विशिष्ट पहिचान बनाएको अन्नपूर्ण सेरोफेरोमा बर्षेनी पदयात्राका लागि पुग्नेको सङ्ख्या बढ्दै गएको छ ।
नेपालका विभिन्न पदमार्ग मध्येमा आकर्षक एवम् सबैभन्दा फराकिलो संरक्षित क्षेत्र रहेका कारण मनमोहक दृश्यावलोकनसहित पदयात्राका लागि यस क्षेत्रमा पर्यटकको आकर्षण बर्षेनी बढ्दै गएको हो । भूकम्प र नाकाबन्दीका कारण २०७२ र २०७३ मा पदयात्रामा आउने पर्यटकको सङ्ख्या घटे पनि पछिल्ला दुई वर्षमा भने पर्यटकको सङ्ख्या बढेको छ ।
सेप्टेम्बरको मध्यदेखि डिसेम्बरको मध्यसम्म नै अन्नपूर्ण क्षेत्रमा ठूलो सङ्ख्यामा पदयात्री पर्यटक आउने गरेको ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान) पश्चिमाञ्चल क्षेत्रीय सङ्घका अध्यक्ष हरि भुजेलले जानकारी दिए । सो मार्गमा आउने पर्यटकका लागि पदयात्री व्यवस्थापन सूचना प्रणाली ९टिम्स० कार्ड अनिवार्य लिनुपर्ने व्यवस्था गरिएकामा टानले सामूहिक रुपमा आउनेको टिम्स शुल्क उठाउने गर्छ । नेपाल पर्यटन बोर्डले व्यक्तिगत रुपमा जानेको शुल्क उठाउँछ ।
व्यक्तिगतमध्ये सार्क राष्ट्रबाट जानेले रु ६०० र अन्य राष्ट्रकाले रु दुई हजार तिर्नुपर्छ । सामूहिकमा जाने सार्क राष्ट्रकाले प्रतिव्यक्ति रु ३०० र अन्य राष्ट्रकाले प्रतिव्यक्ति रु एक हजार निर्धारण गरिएको छ । अध्यक्ष भुजेलका अनुसार टान पश्चिमाञ्चल क्षेत्रीय सङ्घमार्फत सन् २०१७ को सेप्टेम्बरमा सार्क राष्ट्रबाट सामूहिक रुपमा टिम्स कार्ड लिनेको सङ्ख्या एक हजार १९१ थियो । सन् २०१८ मा उक्त सङ्ख्या बढेर एक हजार ४७८ पुगेको छ ।
सार्कबाट सन् २०१७ को अक्टोबरमा टिम्स लिनेको सङ्ख्या एक हजार ७२३ पुगेकामा २०१८ मा एक हजार ९७२ पुगेको छ । टिम्स लिनेमध्ये अन्य विदेशी राष्ट्रबाट सन् २०१७ को सेप्टेम्बरमा दुई हजार ७४ भएकामा यस वर्ष दुई हजार २२८ पुगेको छ भने २०१७ को अक्टोबरमा तीन हजार ६५६ पुगेकामा यस वर्ष तीन हजार ७०४ पुगेको थियो ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
- तारा एयर हरायो, खोजी कार्य जारी
- वरिपरि भोज, भित्र मतदान
- शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण प्रदान
- निर्वाचित वडा सदस्य कारागार चलान
- जमीन बाँझो नराख्ने गरी भू–उपयोग नीति ल्याउने
- बसको ठक्करबाट एकको मृत्यु
- जिप दुर्घटनामा दुईको मृत्यु
- प्राविधिक शिक्षामा लगानी बढाइने
- “अन्तिम पात” : ओ हेनरी
- फिजीमा ८.२ म्याग्निच्युडको भूकम्प
- अर्थ नीति र राजनीतिको मेलनै समृद्ध हो: डा भट्टराई
- सरकारको पहिलो वर्ष ʿप्रादेशिक नीति तथा संरचना निर्माण वर्षʾ
- तरकारीको बीउ छर्दै महिला
- महिला च्याम्पियन्स लिग क्रिकेट चैतमा
- चट्ययाङ पर्दा घर जलेर नष्ट
- दुर्घटनामा चालकको मृत्यु,१३ घाइते
- कलाकार र खेलाडीले दिलाए पहिचान : मुख्यमन्त्री शाही
- रत्नेचौरको फाँटमा पहेलै भएर फूलेको तोरी
- स्वदेशमै रोजगारीको अवसर जुट्दै
- बागलुङमा कृषि विज्ञान क्याम्पस