काठमाडौँ, ६ मंसिर। आँधीका कारण अष्ट्रेलियामा वातावरण नै धमिलिएको छ । न्यू साउथ वेल्स क्षेत्रबाट सुरु भएको धुलोसहितको आँधीले त्यहाँका बासिन्दाको जीवन कष्टकर बनेको हो । ५ सय किलोमिटर चौडा धुलोसहित फैलिएको आँधीले सहर घेर्न थालेको हो भने आकास नै रातो देखिएको छ ।

आँधीले जनस्वास्थ्यमा नराम्रो असर पार्ने भन्दै अधिकारीहरुले सचेत रहन आग्रह गरेको छ । मौसम अधिकारीहरुका अनुसार आँधीले सुख्खा माटो उडाएर ल्याएको छ । अगस्ट महिनादेखि न्यू साउथ वेल्स क्षेत्रको भित्री राज्यमा परेको खडेरीका कारण यस्तो समस्या आएको हो ।

हावा नै प्रदुषित भएपछि श्वासप्रश्वास सम्बन्धी समस्या भएकाहरुलाई कठिन भईरहेको बताईएको छ। सोही कारण पनि अधिकारीहरुले बालबालिका, वृद्ध तथा वयस्क सबैलाई आँधीबाट बच्न र कोठाभित्रै बस्न आग्रह गरेका छन् । उता भिजिबिलीटी कमजोर भएको कारण हवाई उडानमा पनि समस्या भएको बताईएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार