हेटौंडा, ४ मंसिर । तीन नम्बर प्रदेशको राजधानी हेटौंडाबाट अन्त सारिए नाकाबन्दी गर्ने चेतावनी मकवानपुरमा क्रियाशील राजनीतिक दलसम्बद्ध युवा संगठनले दिएका छन् । एक कार्यक्रममा युवा संगठनका प्रमुखहरुले राजधानी हेटौंडाबाट अन्यत्र सारिए देशले ठुलो दुर्घटना खेप्नुपर्ने चेतावनी दिएका हुन् ।

नेपाल कम्युनिस्ट पार्टी नेकपासम्बद्ध युवा संघ मकवानपुरका अध्यक्ष सन्तोष चौँलागाईँले स्थायी राजधानीबारे खुल्ला बहस गर्न तयार रहेको बताए । ‘यदि हेटौंडाको भन्दा राम्रो पूर्वाधार भएको ठाउँ छ भने हामी खुल्ला छलफलका लागि तयार छौं’, उनले भने, ‘तर दुई चार नेताको स्वार्थका लागि राज्यले करोडौं रुपैयाँ खर्च गरिसकेको ठाउँ छाडेर अर्बौ खर्च गराउने कुरा मान्य छैन ।

हेटौंडालाई चारैतिरबाट राष्ट्रिय राजमार्गले घेरेको र सबैभन्दा टाढा रहेको जिल्ला रसुवासँग पनि सीधा बस सञ्चालनको तयारी प्रदेश सरकारले गरेकाले अपायक परेको गुनासो बहाना मात्र भएको चौँलागार्इँको दाबी छ । नेपाली काग्रेसनिकट दरुण दल मकवानपुरका अध्यक्ष ईश्वर पाठकले प्रदेशको राजधानी हेटौँडाबाट अन्यत्र सारिए नाकाबन्दी गर्ने चेतावनी दिए

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार