काठमाडौं, कार्तिक २७ । रियल मड्रिडलेसान्टियागो सोलारीलाई स्थाई प्रशिक्षकमा नियुक्त गरेको छ । शिक्षक जुलेन लोपेटेगीलाई बर्खास्त गरेपछि क्लबले सोलारीलाई प्रशिक्षकमा नियुक्त गरेको हो। क्लबले आफु र सोलारीवीचको सम्झौता स्पेनिस फुटबल संघमा बुझाएको हो ।सोलारीलाई स्थाई प्रशिक्षकको रुपमा नियुक्त गरे पनि औपचारिक घोषणा भने गरेको छैन ।

१५ दिनभन्दा बढी अन्तरिम प्रशिक्षक राख्न नपाउने स्पेनिस फुटबल संघको नियम अनुसार रियलले सोलारीलाई नै निरन्तरता दिने निर्णय गरेको हो । प्रशिक्षण सम्हालेयता सोलारीले रियललाई सबै चार खेलमा जित दिलाएका थिए, जुन क्लबको इतिहासमा कुनै पनि प्रशिक्षकको सबैभन्दा राम्रो सुरुवात हो ।

उनले कोपा डेल रे अन्तर्गत मेलिल्लालाई, च्याम्पियन्स लिगमा भिक्टोरिया प्लाजेनलाई र ला लिगामा रियल भालाडोलिड र सेल्टा डि भिगोमाथि जित दिलाएका थिए । जसका कारण रियल मड्रिड ला लिगामा बार्सिलोनाभन्दा चार अंकमात्र पछि छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार