
काठमाडौँ, २२ असोज । ट्राभल नेपाल बस सर्भिसेज प्रालिले पहिलोपटक काठमाडौँदेखि मुलुकको प्रमुख पर्यटकीय गन्तव्य लुम्बिनीसम्म पर्यटकीय बस सञ्चालनमा ल्याएको छ ।
यसअघि काठमाडौँ–पोखरा बस सञ्चालन गरेको ट्राभल नेपालले आज बिहानदेखि काठमाडौँ–सुनौली हुँदै लुुम्बिनीसम्म बस सञ्चालनमा ल्याएको हो । ट्राभल नेपालले यसअघि नै लुम्बिनी बस सञ्चालन गर्ने भनेपनि मुग्लिङ–नारायणघाटको बाटो र पूर्वाधारका कारण सञ्चालन गर्न सकेको थिएन ।
प्रालिका सञ्चालक प्रल्हाद लोहनीले लुम्बिनीको लागि तीनवटा अत्याधुनिक र सुविधा सम्पन्न बस सञ्चालनमा ल्याएको जानकारी दिनुभयो । सुविधायुक्त सोफा सिट रहेको बसमा चर्पीदेखि चुरोट पिउने कोठासम्म रहेको छ ।
काठमाडौँको गौशालाबाट बिहान ६ः३० बजे लुम्बिनीका लागि छुट्ने बसको टिकट ट्राभल नेपाल अनलाइनमार्फत समेत लिन सकिने लोहनीले बताउनुभयो । सात बस रहेको ट्राभल नेपालले चार बस पोखरामा सञ्चालन गर्दै आएको छ ।
टुरिष्ट बस एशोसियसन अफ नेपाल (टिवान)का महासचिव कृष्ण आचार्यले मुलुकको पर्यटन विकासका लागि काठमाडौँ–लुम्बिनी बस सेवाले ठूलो सहयोग पुग्ने बताए ।
दैनिक आन्तरिक तथा बाह्य हजारौँ पर्यटकलाई ओहोरदोहोर गराउने पर्यटकीय बसका लागि काठमाडौँमा छुट्टै बसपार्क नहुँदा समस्या परेको छ । काठमाडौँको कान्तिपथ सडकबाट पर्यटक बोकेर आवतजावत गरिरहेका पर्यटकीय बस यतिबेला सोह्रखुट्टे सडकबाट यात्रु बोकेर ओहोरदोहोर गरिरहेका छन् ।
पर्यटनको विकासका लागि एशोसियसनले काठमाडौँदेखि जनकपुर र बर्दियामा पनि बस सञ्चालन गर्न लागे पनि पार्किङका लागि पूर्वाधारको विकास र सडक राम्रो नहुँदा समस्या परेको छ । काठमाडौँबाट देशका विभिन्न भागमा पर्यटक लैजान हाल एक सय हाराहारीका बसले यात्रुलाई सेवा दिइरहेका छन् ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
- तारा एयर हरायो, खोजी कार्य जारी
- वरिपरि भोज, भित्र मतदान
- शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण प्रदान
- निर्वाचित वडा सदस्य कारागार चलान
- जमीन बाँझो नराख्ने गरी भू–उपयोग नीति ल्याउने
- बसको ठक्करबाट एकको मृत्यु
- जिप दुर्घटनामा दुईको मृत्यु
- प्राविधिक शिक्षामा लगानी बढाइने
- “अन्तिम पात” : ओ हेनरी
- फिजीमा ८.२ म्याग्निच्युडको भूकम्प
- समृद्ध नेपाल खुसी नेपालीको अभियान पूरा भएरै छाड्छः प्रधानमन्त्री
- राजदूतहरुको शपथ
- गोलभेडा खेती
- महानगरका ६८ परिवार नदीबाटै जीवीकोपार्जन गर्दै
- खानेपानी आयोजनाबाट करीब डेढ सय घरधुरी लाभान्वित
- काठमाडाैंमा भूकम्पकाे धक्का
- असहायलाई सबै पक्षले सहयोग गर्नुपर्छ : मुख्यमत्री पौडेल
- बैंकलाई ब्याजदर घटाउन प्रधानमन्त्रीको आग्रह
- अर्थ नीति र राजनीतिको मेलनै समृद्ध हो: डा भट्टराई
- सरकारको पहिलो वर्ष ʿप्रादेशिक नीति तथा संरचना निर्माण वर्षʾ