
दमौली, ११ असोज । चालु आर्थिक वर्षको तीन महीनाको अवधिमा तनहुँ प्रहरीले २७ जनालाई लागूऔषधसहित पक्राउ गरेको छ ।
गत साउनदेखि असोज १० गतेसम्म जिल्लाका विभिन्न स्थानबाट ६८८ थान लागूऔषध र दुई हजार २३० ग्राम गाँजासहित २७ लाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
साउनमा १२, भदौमा १२ र असोज महीनामा तीन जना लागूऔषधसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।
हालै ल्याइएको दुई कुकुरको सहयोगमा बुधबार यात्रुवाहक बसमा लागूऔषध ओसारपोसार गर्ने युवा पक्राउ परेका छन् ।
नवलपरासी बुम्दीकाली गाउँपालिका–१ घर भई हाल पोखरा महानगरपालिका–४ सिद्धार्थचोक बस्ने २० वर्षीय पारस सार्की पक्राउ परेका हुन् ।
पोखराबाट ल्याइएको सीमा र चेरी नाम गरेका कुकुरको सहयोगमा प्रहरीले बुधबार राति पृथ्वीराजमार्गअन्तर्गत म्याग्दे गाउँपालिका–१ गुणादीमा ना१ख ३६७९ नं को धादिङबाट पोखरा जाँदै गरेको यात्रुवाहक बसमा सवार सार्कीलाई तीन किलो गाँजासहित पक्राउ गरिएको हो ।
पक्राउ परेका सार्कीविरुद्ध अनुसन्धान भइरहेको छ ।
–––
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
- तारा एयर हरायो, खोजी कार्य जारी
- वरिपरि भोज, भित्र मतदान
- शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण प्रदान
- निर्वाचित वडा सदस्य कारागार चलान
- जमीन बाँझो नराख्ने गरी भू–उपयोग नीति ल्याउने
- बसको ठक्करबाट एकको मृत्यु
- जिप दुर्घटनामा दुईको मृत्यु
- प्राविधिक शिक्षामा लगानी बढाइने
- “अन्तिम पात” : ओ हेनरी
- फिजीमा ८.२ म्याग्निच्युडको भूकम्प
- समृद्ध नेपाल खुसी नेपालीको अभियान पूरा भएरै छाड्छः प्रधानमन्त्री
- राजदूतहरुको शपथ
- गोलभेडा खेती
- महानगरका ६८ परिवार नदीबाटै जीवीकोपार्जन गर्दै
- खानेपानी आयोजनाबाट करीब डेढ सय घरधुरी लाभान्वित
- काठमाडाैंमा भूकम्पकाे धक्का
- असहायलाई सबै पक्षले सहयोग गर्नुपर्छ : मुख्यमत्री पौडेल
- बैंकलाई ब्याजदर घटाउन प्रधानमन्त्रीको आग्रह
- अर्थ नीति र राजनीतिको मेलनै समृद्ध हो: डा भट्टराई
- सरकारको पहिलो वर्ष ʿप्रादेशिक नीति तथा संरचना निर्माण वर्षʾ