
लमही, १० असोज । दाङको बिकट क्षेत्रको एक विद्यालयमा कम्प्युटर र सोलार जडान गरिएको छ । राजपुर गाउँपालिकाको गौरीशङ्कर आधारभूत विद्यालयलाई गाउँपालिकाले सीमा विकास कार्यक्रमअन्तर्गत रु नौ लाख बराबरको दुई किलोवाटको सौर्य ऊर्जा, चारवटा कम्प्युटर, दुईवटा ल्यापटप, एउटा प्रिन्टरलगायतका सामान विद्यालयलाई उपलब्ध गराएको हो ।
कम्प्युटर जडानसँगै विद्यार्थीलाई कम्प्युटरमा पठनपाठन गराउन सहज हुने विद्यालयका प्रधानाध्यापक टङ्कबहादुर बिकले बताए । विद्यालयमा सुनपथरी नाका, सुकैया नाका, खिड्की नाका, सिमगजमरी र भैसाही नाकाबाट विद्यार्थीहरु पढ्न आउने गर्छन् ।
सडक, विद्युत् र सञ्चारको पहुँचदेखि टाढा रहेको उक्त विद्यालयमा कम्प्युटर शिक्षामा टेवा पुग्ने उद्देश्यले कम्प्युटर वितरण गरिएको गाउँपालिका अध्यक्ष लोकराज केसीले बताएका छन्। यातायात समस्या भएकाले खरिद गरिएको सामान विद्यालयसम्म पु¥याउन बाँकेको राप्तीसोनारी गाउँपालिका, नरैनापुर गाउँपालिका हुँदै भारतको भिन्नगा, सिरसिया हुँदै भैसाही नाकाबाट ढुवानी गर्नु परेको थियो ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
- तारा एयर हरायो, खोजी कार्य जारी
- वरिपरि भोज, भित्र मतदान
- शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण प्रदान
- निर्वाचित वडा सदस्य कारागार चलान
- जमीन बाँझो नराख्ने गरी भू–उपयोग नीति ल्याउने
- बसको ठक्करबाट एकको मृत्यु
- जिप दुर्घटनामा दुईको मृत्यु
- प्राविधिक शिक्षामा लगानी बढाइने
- “अन्तिम पात” : ओ हेनरी
- फिजीमा ८.२ म्याग्निच्युडको भूकम्प
- समृद्ध नेपाल खुसी नेपालीको अभियान पूरा भएरै छाड्छः प्रधानमन्त्री
- राजदूतहरुको शपथ
- गोलभेडा खेती
- महानगरका ६८ परिवार नदीबाटै जीवीकोपार्जन गर्दै
- खानेपानी आयोजनाबाट करीब डेढ सय घरधुरी लाभान्वित
- काठमाडाैंमा भूकम्पकाे धक्का
- असहायलाई सबै पक्षले सहयोग गर्नुपर्छ : मुख्यमत्री पौडेल
- बैंकलाई ब्याजदर घटाउन प्रधानमन्त्रीको आग्रह
- अर्थ नीति र राजनीतिको मेलनै समृद्ध हो: डा भट्टराई
- सरकारको पहिलो वर्ष ʿप्रादेशिक नीति तथा संरचना निर्माण वर्षʾ