सुर्खेत, १० असोज । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा व्यवस्थित दाहसंस्कारस्थल निमार्णका लागि महामहोत्सव शुरु भएको छ ।

कर्णाली प्रदेशका प्रदेश प्रमुख दुर्गाकेशर खनालले व्यवस्थित दाहसंस्कारस्थल निमार्णका लागि आयोजित महा–महोत्सवको मङ्गलबार उद्घाटन गरेका छन् । सुर्खेतको वीरेन्द्रनगर–११ स्थित भेरी नदीे किनार समझीघाटमा व्यवस्थित दाहसंस्कारस्थल निमार्णका लागि भेरीगङ्गा समझीघाट सांस्कृतिक, धार्मिक महा–महोत्सव आयोजना गरिएको हो ।

सबै धर्म संस्कृति र संस्कार मान्ने समुदायका लागि छुट्टा–छुट्टै दाहसंस्कार स्थल बनाउन लागिएको हो । दाहसंस्कारस्थल निर्माणका लागि रकम जुटाउन यही असोज १६ गतेसम्म वीरेन्द्रनगरको खुल्लामञ्चमा ‘भेरीगङ्गा समझीघाट सांस्कृतिक धार्मिक महा–महोत्सव’आयोजना गरिएको हो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार