काठमाडौं,७ असोज । पहिलो मत्सुसाइमा कप ख्योखुसाइन कराँते जुनियर च्याम्पियनसिपको २५ केजी तौल समुह तर्फ बिराज सुनुवार प्रथम भएका छन् । नेपाल मत्सुसाइमा ख्योखुसाइन कराँते संघ, काठमाडौँको आयोजनामा भएको सो खेलमा दोस्रो बिगेन बुढा मगर, तेस्रो पवन सन्जेल र चौथो अबिन प्रधान भएका छन् ।
त्यसैगरी ३५ केजी तौल समुह अन्तर्गत प्रथम कश्मिर गाहा मगर,दोश्रो रामु ठाकुर ,तेस्रो हिर्दिश कार्की र चौथो सुर्यदेव बस्नेत भएका छन् ।
त्यस्तै ५० केजी तौल समुह तर्फ प्रथम अमन अर्याल ,दोश्रो ईश्वर ओली, तेश्रो बिक्रम मगर र चौथो जीवन सन्जेल छन् ।

पुरुष खुल्ला तौल समुह तर्फ प्रथम समीर खड्गी ,दोश्रो प्रकाश कुँवर, तेश्रो सन्जु तमाङ र चौथो अनुज बुढा भए । त्यसैगरी महिला खुल्ला तौल समुह अन्तर्गत प्रथम दिपिका तमाङ ,दोश्रो मनिषा तमाङ ,तेश्रो याशस्वी अधिकारी र चौथो सुश्मिता सुनुवार भएका छन् ।

कार्यक्रममा ५३ जना खेलाडीहरुको सहभागिता थियो । प्रकाश सिंह कार्की र महेश श्रेष्ठ लाई सम्मान गरिएका सो कार्यक्रममा प्रमुख अतिथी किर्तिपुर नगरपालिकाका मेयर रमेश महर्जन रहेका थिए ।
कार्यक्रममा मेयर महर्जनले खेलकुद विकासको लागि आफूले सक्ने सहयोग गर्ने बताउदै युवाहरुलाई खेलमा सहभागी हुन आग्रह गरका छन् । उनले खेलले शारीरिक स्वस्थतासँगै देश विकासमा पनि सहयोग पुग्ने बताए । आयोजक समितिका अध्यक्षमा राजकुमार गुरुङ थिए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार