काठमाडौं ५ असोज । सरकारले वेदेशिक भ्रमणमा नियन्त्रण गरेको बताईरहँदा काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य सरकारी खर्चमा श्रीमती लिएर अमेरिका गएका छन् ।

महानगरमा सुधारका काम नगरेको भन्दै आलोचना खेप्दै आएका शाक्य सडकभर फोहोर डंगुर छाडेर पत्नी सुचितासहित अमेरिका लागेका हुन् ।

उनको भ्रमण टोलीमा ९ सदस्य छन् । १० दिने भ्रमणतालिका छ । सरकारी पदमा रहेका व्यक्तिको आवश्यक विदेश भ्रमण रोक्न कडाई गरेको बताउँदै आए पनि सरकारले सामान्य अवलोकन भ्रमणमा मेयरलाई श्रीमतीसहित लिएर जान भने स्वीकृति दिएको छ ।, यो समाचार आजको नयाँपत्रिका दैनिकमा छापिएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार