काठमाडौं, २ असोज । निर्मला पन्त घटनाको छानविन गरिसकेको उच्च्सतरीय छानविन समिति निर्मलाको हत्या कसले गरेको भनेर निष्कर्षमा पुग्न सकेको छैन ।

अपराध अनुसन्धानका बारेमा जानेको व्यक्तिले चलाखीपुर्ण ढंगले निर्मलाको हत्या गरेर प्रमाण नष्ट गरेको निक्र्योल छानविन समितिको छ ।

हत्या गर्ने मान्छेले प्रमाण नष्ट पार्न खोजेको छ, बाँकी रहेका प्रमाण प्रहरीले नष्ट गरेको छ, उच्चस्तरीय छानविन समितिका संयोजक हरिप्रसाद मैनालीले भने, प्रहरीले दोषी बचाउन नियतवश प्रमाण नष्ट गरेको हो कि भुलवश भन्नेमा हामी निष्कर्षमा पुग्न सकेका छैनौँ, । अब बनेको अनुसन्धान समितिले त्यो कुरा पत्ता लगाउने उनको भनाई छ ।

घटनास्थलमा फिंगर प्रिन्ट, रौँ, रगत र विर्यलगायतको कुनै पनि प्रमाण संलग्न भएको छैन ।

यो समाचार आजको नागरिक दैनिकमा छापिएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार