
कलैया, ३० भदौ । बारा जिल्लामा यस वर्ष समय–समयमा पानी परेको कारण धानबाली राम्रो भएको भए पनि समयमा युरिया मल अभाव भएको हुँदा किसान निकै चिन्तित भएका छन् । वर्षे धानखेतीमा प्रतिहेक्टर १९१ किलोको दरले एक करोड ४६ लाख ६०० किलो युरिया आवश्यकता पर्ने भए पनि सो परिपूर्ति हुनसकेको छैन । किसानको आवश्यकताअनुसारको युरिया मल परिपूर्तिका लागि पहल भइरहेको र चाँडै उपलब्ध हुने कृषि विकास कार्यालयका प्राविधिक सहायक राजवंशी चौरसियाले जानकारी दिए ।
वर्षे धानको वाली निकै राम्रो र सुधारोन्मुख रहेको जिल्ला कृषि विकास एकाइ कार्यालय कलैयाले जनाएको छ ।
यस वर्ष कृषकले कूल ५२ हजार ६०० हेक्टर क्षेत्रफलमा वर्षे धान भदैया, अगहनी, खेती गरेका छन् । भदैया धान १२ हजार ६०० हेक्टर, अगहनी धान ४० हजार हेक्टरमा किसानले लगाएको जिल्ला कृषि विकास एकाइ कलैयाले जानकारी दिएको छ । गत वर्ष ५२ हजार १७२ दशमलव ८ मेट्रिकटन धान उत्पादन भएको चौरसियाले बताए ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
- तारा एयर हरायो, खोजी कार्य जारी
- वरिपरि भोज, भित्र मतदान
- शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण प्रदान
- निर्वाचित वडा सदस्य कारागार चलान
- जमीन बाँझो नराख्ने गरी भू–उपयोग नीति ल्याउने
- बसको ठक्करबाट एकको मृत्यु
- जिप दुर्घटनामा दुईको मृत्यु
- प्राविधिक शिक्षामा लगानी बढाइने
- “अन्तिम पात” : ओ हेनरी
- फिजीमा ८.२ म्याग्निच्युडको भूकम्प
- समृद्ध नेपाल खुसी नेपालीको अभियान पूरा भएरै छाड्छः प्रधानमन्त्री
- राजदूतहरुको शपथ
- गोलभेडा खेती
- महानगरका ६८ परिवार नदीबाटै जीवीकोपार्जन गर्दै
- खानेपानी आयोजनाबाट करीब डेढ सय घरधुरी लाभान्वित
- काठमाडाैंमा भूकम्पकाे धक्का
- असहायलाई सबै पक्षले सहयोग गर्नुपर्छ : मुख्यमत्री पौडेल
- बैंकलाई ब्याजदर घटाउन प्रधानमन्त्रीको आग्रह
- अर्थ नीति र राजनीतिको मेलनै समृद्ध हो: डा भट्टराई
- सरकारको पहिलो वर्ष ʿप्रादेशिक नीति तथा संरचना निर्माण वर्षʾ