जकार्ता, ८ भदौ । इन्डोनेसियाको पर्यटकीय द्वीप लोम्बोकमा गएको शक्तिशाली भूकम्पबाट मृत्यु हुनको संख्या ५५५ पुगेको छ । साथै यस भूकम्पमा परी करिब एक हजार ५०० घाइते भएका छन् भने लाखौै व्यक्ति घरवारबिहिन भएका छन् ।

विदा मनाउनको लागि प्रख्यात बाली र सुन्दर स्थल लोम्बोकका जुलाई २९ र अगष्ट ५ मा शक्तिशाली भूकम्प गएको थियो । गत अगष्ट ५ आइतबारका दिन गएको यस भूकम्प ६.९ म्याग्नीच्युडको मापन गरिएको थियो ।

देशको उत्तर भागमा रहेको लोम्बोक र छिमेकमा पर्ने प्रान्त सुम्बावा यस भूकम्पबाट अत्यन्त प्रभावित भएको थियो । यसै क्षेत्रका धेरै व्यक्तिहरु मारिएका इन्डोनेसिया प्रकोप नियन्त्रण विभागले जनाएको छ । सो भूकम्पमा परी मारिएका व्यक्तिहरुका प्रायःजसो भवन भग्नावशेषमा पुरिएका थिए ।

भूकम्पको त्रासको कारण अझै पनि तीन लाख ९० हजार व्यक्ति विस्थापित रहेका प्रकोप नियन्त्रण निकायले जानकारी दिएको छ । भूकम्पका कारण लोम्बोकमा विद्युत सेवा अबरुद्ध हुनुका साथै ठाउँठाउँमा पहिरो गएको छ । आवासीय र कार्यालय भवनमा ठूलो क्षति पुगेको बताइएको छ । बेलाबेला आइरहने परकम्पका कारण स्थानीयबासीमा त्रास छाएकाले अझै पनि उनीहरु घरभित्र बस्न सकेका छैनन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार