काठमाडौं, ७ भदौ । ।सरकारले वैदेशिक रोजगारका क्रममा बिभिन्न देशमा कोमामा रहेका नेपालीहरुलाई स्वदेश ल्याई उपचार गर्ने भएको छ ।

सिंहदरबारमा आज बसेको प्रतिनिधीसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा श्रम रोजगार तथा समाजिक सुरक्षामन्त्री गोकर्ण बिष्टले बिभिन्न देशमा कोमामा रहेका नेपालीलाई स्वदेशमा ल्याई बिभिन्न अस्पतालमा उपचार गर्नका लागी कार्यदल गठन गरेको र कार्यदलको सिफारिस पनि प्राप्त भएको जानकारी दिए । यो संवेदनशील विषय भएको र सरकार यस विषयमा अन्त्यन्त गम्भीर रहेको उनको भनाई छ ।

वैदेशिक रोजगारीका क्रममा विभिन्न देश पुगेका २३ नेपाली हाल विदेशी अस्पतालको कोमामा छन् । त्यस्तै बिभिन्न देशको जेलमा रहेका नेपालीहरुलाई सहायता प्रदान गर्नका लागी सरकार जिम्मेवार र चिन्तित रहेको भन्दै उनले कुनै पनि नेपाली नागरिक कानुनी प्रक्रियाको अभावमा निर्दोश हुदा हुदै पनि बिदेशमा जेलमा बस्न नपर्ने बताए । मन्त्री बिष्टले वैदेशिक रोजगारीमा जादा सिप प्रदान गर्ने संरचना निर्माण गर्ने कार्ययोजना बनिरहेको भन्दै अनिवार्य सिप लिएरमात्र बैदेशिक रोजगारीमा जानुपर्ने व्यवस्था गर्न लागिएको बताए । उनले वैदेशिक रोजगार प्रवर्द्धन बोर्डको नाम परिवर्तन गर्दे ‘वैदेशिक रोजगार व्यवस्थापन बोर्ड’ राखिने र बैदेशिक रोजगार क्षेत्रलाई व्यवस्थीत गर्ने जिकिर गरें ।

बैठकमा समिति सदस्यहरुले बैदेशिक रोजगारको क्षेत्रमा देखिएका बिकृति र बिसंगतिका साथै यस क्षेत्रमा देखिका समस्याका बारेमा सरकार गम्भीर हुनुपर्ने सुझाव दिएका थिए । बैदेशिक रोजगारको अनुगमनमा सरकारको ध्यान नगएको उनीहरुको भनाई छ ।

त्यस्तै समिति सदस्यहरुले बैदेशिक रोजगारीमा गएका युवाहरुको मुद्धाको विवरण उपलव्ध गराउन पनि आग्रह गरेका थिए । समितिको अर्को बैठक भाद्र १२ गते बोलाईएको छ । बैठकमा बिभिन्न बिद्ययेकमाथि छलफल हुने बताईएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार