काठमाण्डौं, ६ भदौ । सामाजिक सन्देश मार्फत गलत सुचना फैलाएको आरोपमा फेसबुकले ६ सय ५२ वटा पेज र ग्रुप बन्द गरेको छ । ती पेज अधिकांश रुस र ईरानमा बनाईएका हुन् ।

ती पेजले अमेरिका, बेलायत, ल्याटिन अमेरिका, मध्य पुर्वमा अनेकौ अफवाह फैलाएको फेसबुकले जनाएको छ । सञ्चारमाध्यमको आभास दिने ती पेजले अन्य प्रयोगकर्ताले सेयर गरेका आफ्ना सामाग्री हटाएका थिए ।

फेसबुकलाई सुरक्षित बनाउन आफ्नो टिमले सक्रियताका साथ नक्कली पेज, अकाउण्ट र ग्रुपको खोजी गरिरहेको फेसबकका प्रमुख मार्क जुकरबर्गले बताएका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार