म्याग्दी, ६ भदौ। बेनीस्थित प्रकाश माध्यमिक विद्यालयबाट कक्षा १२ को परीक्षामा सर्वोकृष्ट अङ्क हासिल गर्ने एक छात्रालाई पुरस्कृत गरिएको छ ।

धौलागिरि क्षेत्रमा सबैभन्दा बढी अङ्क हासिल गर्नुभएकी छात्रा छलीकुमारी जैशीलाई रु १० हजारसहित पुरस्कृत गरिएको हो । तीन दशमलव ५७ जिपिए हासिल गरेकी विज्ञान सङ्कायकी छात्रा जैशीलाई विद्यालय व्यवस्थापन समितिका कार्यबाहक अध्यक्ष हरिकृष्ण श्रेष्ठ, शिक्षक अभिभावक सङ्घका अध्यक्ष सुवर्ण रिजाल, प्रधानाध्यापक हरिकृष्ण सुवेदीलगायतले सम्मान गरेका हुन् ।

सो विद्यालय यसअघि चार पटकसम्म धौलागिरिमा सर्वोकृष्ट अङ्कसहित विद्यार्थी उत्तीर्ण गराउन सफल भएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार