काठमाडौं,३ भदौ। फिजी नजिकै प्रशान्त महासागर केन्द्रविन्दु भएर शक्तिशालीभूकम्प गएको छ । फिजी तथा तोङ्गा आइल्याण्ड नजिकै प्रशान्त महासागर केन्द्रविन्दु भएर ८.२ म्याग्निच्युडको भूकम्प गएको युएस जिओलोजिकल सर्वे, युएसजिएसले जनाएको छ ।

स्थानीय समय अनुसार आइतबार बिहानै भूकम्प गएको हो । भूकम्पको गहिराइ बढी रहेकाले सुनामीको खतरा भने नरहेको बताइएको छ । तर साना छाल भने आएका छन् ।

सतह भन्दा ५५९.६ किलोमिटर तल केन्द्र भएर भूकम्प गएको हो । सुरुमा यो भूकम्प ७.९ म्याग्निच्युडको भनिएको थियो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार