काठमाडौँ, ३१ साउन । यस वर्षकोे सामाजिक न्यायका लागि दर्नाल अवार्ड बैतडीकी सामाजिक अभियानकर्मी सरस्वती नेपालीलाई प्रदान गरिएको छ ।

जागरण मिडिया सेन्टर र समता फाउण्डेशनद्वारा आयोजित एक समारोहमा दर्नालकी आमा सरिता नेपालीले पाँच लाख राशिको सो अवार्ड प्रदान गरीन्। सरस्वती नेपालीले भूमिअधिकार शिक्षा, प्रत्रकारिताको क्षेत्रमा अगुवाइ गर्नाका साथै सामाजिक न्यायमा दलितको पहुँचका लागि नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएकी छन् ।

कार्यक्रममा अभियानकर्मी डडेल्धुराका कलावती भाँड, सिरहाका अरुण सदा, दैलेखका पार्वतीकुमारी विशुङ्खे, बर्दियाका दिलीप गन्धर्व र बाजुराका डा रूपचन्द्र विश्वकर्मालाई सम्मान गरिएको थियो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार