
नेपालगञ्ज, २४ साउन । नेपालगञ्ज उपमहानगरपालिकालाई ‘महानगरपालिका’ बनाउन सम्भाव्यता अध्ययन थालिएको छ ।
“महानगरपालिका बनाउन के कस्ता पूर्वाधार आवश्यक पर्छन, भौगोलिक क्षेत्र कति बढाउनुपर्छ, जनसङ्ख्या कति हुनुपर्छ, भौतिक पूर्वाधारको विस्तार लगायतका सम्भावनाबारे छलफल चलाएका छौँ”, नगर प्रमुख डा धवलशम्शेर राणाले भनें ।
महानगरपालिका बनाउन यसअघि बसेको नगरसभाबाट प्रस्ताव पारित भएको र सम्भाव्यता अध्ययनका लागि रु २५ लाखसमेत छुट्याइएको छ । प्रदेश नं ५ सरकारले यस प्रदेशमा तीन महानगरपालिका बनाउन योजना अगाडि सारेको छ । सोही अवधारणा अनुसार नेपालगञ्ज उपमहानगरपालिकालाई महानगरपालिका बनाउन सम्भाव्यता अध्ययन थालिएको हो । प्रदेश नं ५ सरकारले बुटवल र भैरहवा, तुलसीपुर र घोराही तथा नेपालगञ्ज, कोहलपुर र खजुरालाई मिलाएर तीन महानगरपालिका बनाउने अवधारणा अघि सारेको छ ।
बाँकेको कोहलपुर, जमुनहा, मानखोला र राप्ती नदीवारिसम्मको क्षेत्रलाई समेटेर महानगरपालिका बनाउन सकिने आधारमा अध्ययन थालिएको हो । महानगरपालिका बनाउन कोहलपुर नगरपालिका, बैजनाथ, खजुरा, जानकी र डुडुवा गाउँपालिकालाई गाभ्ने योजना छ ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
- तारा एयर हरायो, खोजी कार्य जारी
- वरिपरि भोज, भित्र मतदान
- शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण प्रदान
- निर्वाचित वडा सदस्य कारागार चलान
- जमीन बाँझो नराख्ने गरी भू–उपयोग नीति ल्याउने
- बसको ठक्करबाट एकको मृत्यु
- जिप दुर्घटनामा दुईको मृत्यु
- प्राविधिक शिक्षामा लगानी बढाइने
- “अन्तिम पात” : ओ हेनरी
- फिजीमा ८.२ म्याग्निच्युडको भूकम्प
- गोलभेडा खेती
- महानगरका ६८ परिवार नदीबाटै जीवीकोपार्जन गर्दै
- खानेपानी आयोजनाबाट करीब डेढ सय घरधुरी लाभान्वित
- काठमाडाैंमा भूकम्पकाे धक्का
- असहायलाई सबै पक्षले सहयोग गर्नुपर्छ : मुख्यमत्री पौडेल
- बैंकलाई ब्याजदर घटाउन प्रधानमन्त्रीको आग्रह
- अर्थ नीति र राजनीतिको मेलनै समृद्ध हो: डा भट्टराई
- सरकारको पहिलो वर्ष ʿप्रादेशिक नीति तथा संरचना निर्माण वर्षʾ
- तरकारीको बीउ छर्दै महिला
- महिला च्याम्पियन्स लिग क्रिकेट चैतमा