कञ्चनपुर, २४ साउन । भीमदत्तनगरपालिका–९ ब्रह्मदेवमा रहेको सिद्धनाथ मन्दिर संरक्षण समितिले रु तीन करोडको लागतमा सो मन्दिरमा धर्मशाला निर्माण गरेको छ ।

मन्दिरमा सङ्कलित रकमले प्रसिद्ध सिद्धनाथ मन्दिर परिसरमा दर्शनार्थीका लागि सुविधा सम्पन्न धर्मशाला निर्माण गरिएको हो । चार वर्षअघि निर्माण कार्य प्रारम्भ गरिएको धर्मशालामा दर्शनार्थी बस्नका लागि ११ कोठा, एक हल, शौचालय र स्नान घर निर्माण गरिएको छ ।

प्राचीन सिद्धनाथ मन्दिरमा दर्शन गर्न आउने भक्तजनले चढाएको रकम सङ्कलन गरी धर्मशाला निर्माण गरिएको समितिको कार्यालय प्रमुख गोविन्द महताले बताए । धर्मशाला निर्माणको सबै कार्य यस वर्ष पूरा हुने उनको भनाइ छ ।

आर्यघाटका लागि जग्गा दान

मन्दिर, विद्यालय तथा खेल मैदानका लागि प्रायः जसो जग्गादान गर्ने गरेको पाइन्छ तर दक्षिणी क्षेत्रअन्तर्गत एक स्थानीयले शव दाह गर्ने आर्यघाटका लागि जग्गा दान गरेका छन् ।

पुनर्वास नगरपालिका–१० विकास बस्तीका स्थानीय समाजसेवी मीनबहादुर देउवाले करीब रु सात लाख मूल्य पर्ने पाँच कट्ठा जग्गा शव जलाउने आर्यघाटका लागि निःशुल्क रूपमा दान गर्नुभएको छ । देउवा परिवारले आर्यघाटका लागि जग्गा दान गरेपछि स्थानीय बासिन्दालार्ई शव जलाउन सहज भएको छ । देउवाद्वारा आर्यघाटका लागि जग्गा प्राप्त गरेपछि पुनर्वास नगरपालिकाले शव जलाउने थलो, खानेपानी धारा, करीब ३०० जना मलामी विश्राम गर्ने पक्की टहरो निर्माण गरिएको छ ।

आर्यघाट निर्माण भएपछि पुनर्वासका वडा नं १ देखि ११ सम्म का स्थानीय लाभान्वित भएका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार