काठमाडौँ, २१ साउन । त्रिभुवन विश्वविद्यालयको कानून संकायअन्तर्गत स्नातक प्रथम वर्षमा एलएलबी नयाँ विद्यार्थी भर्नाका लागि कोटा प्रणाली लागू नहुने भएको छ ।

त्रिवि कानून संकाय डिनको कार्यालय र विद्यार्थीसंगठनबीच प्रवेश परीक्षामा सामेल भएका सबै विद्यार्थीलाई भर्ना गर्ने सहमति भएपछि कोटा प्रणाली लागू नगरिने भएको नेपाल ल क्याम्पसका प्रमुख डा दीनानाथ पराजुलीले जानकारी गराए ।

उनका अनुसार डिन कार्यालयले सबै क्याम्पसलाई बुधबारदेखि भदौ २५ गतेसम्मका लागि भर्ना गर्न निर्देशन दिइसकेको छ । ‘‘प्रवेश परीक्षामा सामेल भएका सबैलाई डिन कार्यालयले भर्ना गर्न निर्देशन दिएको छ’’, उनले भने, ‘‘डिन कार्यालयको निर्देशनानुसार भोलिबाट हामी भर्ना प्रक्रिया शुरु गर्दछाँै ।’’

डिन कार्यालयले आइतबार प्रवेश परीक्षामा सामेल भएका सबैलाई भर्ना गर्न पाउने गरी योग्यताक्रमले नतिजा प्रकाशित गरेको थियो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार