काठमाडौँ, २२ साउन । इङ्ल्यान्डको दोस्रो श्रेणीको फुटबल लिग प्रतियोगिता च्याम्पियनसिप सुरु भएको छ ।च्याम्पियनसिपमा एस्टन भिल्ला, लिड्स युनाईटेड, ब्रेन्टफोर्ड, स्वान्सी सिटी, विगान एथ्लेटिक, बोल्टन वान्डरर्स र प्रेस्टनले विजयी सुरुवात गरेका छन् ।

रोथरह्याम युनाईटेडलाई ५ गोल हानेको ब्रेन्टफोर्ड पहिलो खेलपछि तालिकाको शीर्ष स्थानमा छ ।यसैगरी हल सिटीलाई ३९१ ले हराएको एस्टन भिल्ला दोस्रो स्थानमा रहेको छ ।इङ्लिस फुटबल च्याम्पियनसिपमा कुल २४ टोली सहभागि हुन्छन् ।

जसमध्ये शीर्ष तीन टोली नयाँ सिजनका लागि प्रिमियर डिभिजनमा बढुवा हुन्छन् भने पुछारका तीन टोली तेस्रो श्रेणीमा घटुवा हुने चलन छ । इङ्लिस फुटबलको शीर्ष डिभिजनको प्रतियोगिता प्रिमियर लिग भने अर्को हप्ता सुरु हुँदैछ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार