
दाङ, २१ साउन । दाङको बबई गाउँपालिकाअन्तर्गतका १७ वटा सामुदायिक तथा संस्थागत विद्यालयमा अध्ययनरत छात्रछात्राको शैक्षिक शत्र २०७४ सालमा सञ्चालन भएको कक्षा ८ को गाँउपालिका स्तरीय परीक्षाको ग्रेडसिट शैक्षिक शत्र शुरु भएको झण्डै चार महिना बित्न लाग्दासम्म पनि गाउँपालिकाले उपलब्ध गराउन सकेको छैन ।
एउटा विद्यालयमा अध्ययनरत छात्रछात्रा अर्को विद्यालयमा अध्ययन गर्न जाँदा मार्कसिट र क्यारेक्टर सर्टिफिकेट पेस गर्नुपर्दछ । जुन कक्षा ६ र ९ मा त अनिवार्य मानिन्छ । तर गाउँपालिकाले कक्षा ८ का ग्रेड सिट समयमा नै उपलब्ध गराउन नसक्दा शैक्षिक शत्र २०७५ मा कक्षा ९ मा भर्ना भएर पनि प्रथम त्रैमासिक परीक्षासमेत दिइसके ।
गाउँपालिकाभित्रका आधारभूत विद्यालयबाट माविमा भर्ना हुन त्यति समस्या नभएता पनि गाउँपालिका र जिल्ला बाहिर जानुपर्ने विद्यार्थीका लागि यो जटिल समस्या भएको छ ।
कक्षा ९ को रजिष्टेशन फाराम भर्ने समय नजिकिँदै गर्दा फाराम साथ अनिवार्यरुपमा पेस गर्नुपर्ने ग्रेडसिट उपलब्ध नहुँदा शिक्षक, विद्यार्थी तथा अभिभावकमा अन्योलता छाएको हो ।
बबई गाँउपालिकाका श्रोतव्यक्ति दामोदर अधिकारीले आर्थिक अभावका कारण ग्रेडसिट वितरणमा समस्या भएको जानकारी दिए । सप्टवेयर व्यवस्थापन गर्ने, ग्रेडसिट छपाउने, मार्कलेजर तयारी गर्ने, ग्रेडसिट प्रिन्ट गर्ने कार्यमा लागेको खर्च सम्बन्धित व्यक्ति साइबर तथा तथा अफसेट प्रेसले भुक्तानी नपाएको कारण रोकिएको र गाउँपालिकाबाट रकम भुक्तानी हुनासाथ तुरुन्त बैठक बसालेर वा सम्बन्धित विद्यालयलाई बोलाएर ग्रेडसिट वितरण गरिने श्रोतव्यक्ति अधिकारीको भनाइ छ ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
- तारा एयर हरायो, खोजी कार्य जारी
- वरिपरि भोज, भित्र मतदान
- शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण प्रदान
- निर्वाचित वडा सदस्य कारागार चलान
- जमीन बाँझो नराख्ने गरी भू–उपयोग नीति ल्याउने
- बसको ठक्करबाट एकको मृत्यु
- जिप दुर्घटनामा दुईको मृत्यु
- प्राविधिक शिक्षामा लगानी बढाइने
- “अन्तिम पात” : ओ हेनरी
- फिजीमा ८.२ म्याग्निच्युडको भूकम्प
- गोलभेडा खेती
- महानगरका ६८ परिवार नदीबाटै जीवीकोपार्जन गर्दै
- खानेपानी आयोजनाबाट करीब डेढ सय घरधुरी लाभान्वित
- काठमाडाैंमा भूकम्पकाे धक्का
- असहायलाई सबै पक्षले सहयोग गर्नुपर्छ : मुख्यमत्री पौडेल
- बैंकलाई ब्याजदर घटाउन प्रधानमन्त्रीको आग्रह
- अर्थ नीति र राजनीतिको मेलनै समृद्ध हो: डा भट्टराई
- सरकारको पहिलो वर्ष ʿप्रादेशिक नीति तथा संरचना निर्माण वर्षʾ
- तरकारीको बीउ छर्दै महिला
- महिला च्याम्पियन्स लिग क्रिकेट चैतमा