भक्तपुर, २१ साउन । साहित्यकार रघुराम न्यौपानेको कविता संग्रह ‘यो शहर’ सार्वजनिक गरिएको छ ।

भक्तपुरको चाँगुनारायण नगरपालिका–७ वागेश्वरी चारघर चौतारास्थित लोक गायक बुद्धिकृष्ण लामिछानेको घरमै पुगेर उनकै हातबाट सो कविता संग्रह विमोचन गरिएको हो ।

विगत तीन वर्षदेखि प्यारालाइसिस र अन्य रोगले ओछ्यानमै थलिएका साहित्यकार लामिछानेको सम्मानस्वरुप साहित्यकार र सञ्चारकर्मीको टोली उहाँकै घरमा पुगेर पुस्तकको विमोचन गरिएको हो ।

विमोचनपछि गायक लामिछानेले यो अवसर र सम्मान दिएकोमा खुशी व्यक्त गरें ।कार्यक्रममा लेखक न्यौपानेले यसअघिका कृति बिक्रीबाट संकलित रकममध्ये नगद रु १० हजार गायक लामिछानेको स्वास्थ्य उपचारका लागि प्रदान गरें ।

कार्यक्रममा लेखक न्यौपानेले उपचार नपाएर थलिएका गायक लामिछानेको सम्मानस्वरुप उनकै घरमा आएर आफ्नो पुस्तक विमोचन गरेको बताउँदै सरकारले उहाँको उपचारको लागि उचित व्यवस्था गरिदिन आग्रह गरेका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार