वाशिङटनडिसी । अमेरिकाको मेरिल्याण्ड बाल्टिमोरस्थित बुद्ध मन्दिर निर्माण गर्ने उद्देश्यले आयोजित श्रीमद भागवत ज्ञान महायज्ञको तेश्रो दिनसम्म ४२ लाख ४० हजार डलरभन्दा बढी रकम संकलन भएको छ ।

जुलाई २८ का दिन शनिवारदेखि महायज्ञ शुरु भएको थियो । पहिलो दिन बाल्टिमोर निवासी समाजसेवी डा। श्याम कार्कीले १ लाख डलर दान गरेका थिए । नेपालका ख्यातीप्राप्त दिनबन्धु पोखरेलले कथा वाचन गरिरहेको महायज्ञ अगस्ट ३ मा समापन हुनेछ ।

महायज्ञको तेश्रो दिन सोमबारसम्म शालिक वाग्ले ३३ हजार ३३३ डलर, गोपाल विकले दश हजार १ डलर, कृष्ण तथा अन्जु केसीले २५ हजार डलर सहयोग गरेका छन् ।

हिन्दु बुद्ध मन्दिर बाल्टिमोरको निर्माण तथा संस्थागत विकासको लागि आयोजित महायज्ञमा सहयोग गर्नेहरुको नामावलीसमेत प्रकाशित गरिएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार