
बेसीशहर, लमजुङ । लमजुङमा सम्पन्न भएको सौन्दर्य प्रतियोगितामा प्रथम मिस क्विन लमजुङ–२०१८ को उपाधि मोनिका गुरुङले जितेकी छन् । बेसीशहरमा शनिबार सम्पन्न प्रतियोगितामा आठ प्रतियोगीलाई पछि पार्दै मोनिकाले ताज पहिरेकी हुन् ।
तनहुँ इभेन्ट म्यानेजमेन्टद्वारा आयोजित प्रतियोगिताबाट ताजसँगै मोनिकाले नगद रु ५० हजार, ट्रफी र प्रमाण पत्र प्राप्त गरेकी छन् । विजेता मोनिकाले ताजसँगै प्रतियोगिताको मोष्ट ब्युटिफुल टाइटल पनि हात पारेकी छन् ।
प्रतियोगितामा फस्ट रनरअपको उपाधि बेसीशहरकी सारा तामाङ र सेकेण्ड रनरअपको उपाधि बेसीशहरकै मोनिका श्रेष्ठले हात पारेकी थिइन् । उनीहरुलाई ताज पहिरिएर उपाधिको ट्रफी, क्रमशः नगद रु १५ हजार, १० हजार र प्रमाणपत्रले सम्मान गरिएको थियो ।
विजेताहरुलाई गण्डकी प्रदेश सभा सांसद मधु अधिकारी, आयोजक संस्थाका अध्यक्ष सरिता थापालगायत प्रतियोगिताका निर्णायकको टोलीले उपाधि प्रदान गरेको थियो ।
प्रतियोगितामा बेसीशहरकी सुमीना श्रेष्ठले मिस डिसिप्लेन शीर्षकको उपाधि जितेकी छन् । त्यस्तै मिस ट्यालेन्ट र मिस फ्रेन्डली उपाधि शर्मिला परियार, मिस फोटोजेनिकमा सलिना पराजुली, मिस स्माइलमा भोटेओडारकी सिम्रोन श्रेष्ठ र मिस स्किनमा पुनम तामाङले उपाधि जितेका छन् ।
करीब एक महिना लामो प्रशिक्षणपश्चात् शनिबार प्रतियोगिता समापन गरिएको हो ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
- तारा एयर हरायो, खोजी कार्य जारी
- वरिपरि भोज, भित्र मतदान
- शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण प्रदान
- निर्वाचित वडा सदस्य कारागार चलान
- जमीन बाँझो नराख्ने गरी भू–उपयोग नीति ल्याउने
- बसको ठक्करबाट एकको मृत्यु
- जिप दुर्घटनामा दुईको मृत्यु
- प्राविधिक शिक्षामा लगानी बढाइने
- “अन्तिम पात” : ओ हेनरी
- फिजीमा ८.२ म्याग्निच्युडको भूकम्प
- गोलभेडा खेती
- महानगरका ६८ परिवार नदीबाटै जीवीकोपार्जन गर्दै
- खानेपानी आयोजनाबाट करीब डेढ सय घरधुरी लाभान्वित
- काठमाडाैंमा भूकम्पकाे धक्का
- असहायलाई सबै पक्षले सहयोग गर्नुपर्छ : मुख्यमत्री पौडेल
- बैंकलाई ब्याजदर घटाउन प्रधानमन्त्रीको आग्रह
- अर्थ नीति र राजनीतिको मेलनै समृद्ध हो: डा भट्टराई
- सरकारको पहिलो वर्ष ʿप्रादेशिक नीति तथा संरचना निर्माण वर्षʾ
- तरकारीको बीउ छर्दै महिला
- महिला च्याम्पियन्स लिग क्रिकेट चैतमा