पोखरा, ३ साउन । पोखराको महत्वपूर्ण पर्यटकीय स्थल छोरेपाटन क्षेत्रको शान्ति सुरक्षालाई दृष्टिगत गरी एक दर्जन सिसी क्यामेरा जडान गरिएको छ ।

डेभिज फल क्लबको सकृयतामा सिद्धार्थ राजमार्गको बराल फिडदेखि छोरेपाटन प्रहरी चौकी हुँदै बरको चौतारासम्म एक किलोमिटरभन्दा बढी सडक क्षेत्रमा हालै रु १० लाखको लागतमा क्यामेरा जडान गरिएको हो ।

क्लबका अध्यक्ष गोपाल बरालका अनुसार सिसी क्यामेरा जडानका लागि पोखरा महानगरपालिकाको रु तीन लाख ८० हजार, गुप्तेश्वर गुफा व्यवस्थापन समितिको रु तीनलाख ५० हजार, बरालफिडको रु ५० हजार सहयोग प्राप्त हुनुको साथै रु दुई लाख २० हजार क्लबको खर्च भएको छ ।

सिसी क्यामेरा जडानसँगै धार्मिक एवं पर्यटकीय क्षेत्र गुप्तेश्वर गुफा, डेभिज फल (पातले छाँगो) लगायत छोरेपाटन प्रहरी चौकीको शान्ति सुरक्षामा समेत सहयोग पुग्ने विश्वास लिइएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार