डडेल्धुरा, ३ साउन । पर्यटन प्रवद्र्धनका लागि प्रदेश नं ७ को पहाडी जिल्लाकै ठूलो ताल आलि तालमा डुंगा सञ्चालनमा ल्याइएको छ ।

डडेल्धुराको आलिताल गाउँपालिकामा रहेको आलितालमा पहिलो पटक डुंगा ल्याइएको हो । पहिलोपटक यस क्षेत्रको पहाडी जिल्लामा डुंगा भित्र्याइएको हो ।

पर्यटकलाई आकर्षण गर्न र उनीहरुलाई मनोरञ्जन दिनका लागि तालमा डुंगा सञ्चालनमा ल्याइएको छ । आव २०७४/०७५ मा आलि तालमा डुंगा सञ्चालनका लागि विनियोजन गरिएकाले करीब रु १२ लाख बराबरको बजेटमा पाँचवटा डुंगा खरीद गरी आलिताल पु¥याइएको आलिताल गाउँपालिका अध्यक्ष बलबहादुर गुरुङले जनाकारी दिए ।

अहिले पहिलोपटक डुंगा खरीद गरी ल्याइएको बताउँदै उनले अब यसको व्यवस्थापनमा जुटेको बताए । प्रदेश नं ७ को पहाडी जिल्लामा रहेको सबैभन्दा ठूलो ताल डडेल्धुराको आलि तालमा पहिलोपटक डुंगा सञ्चालन गरिएको हो । आलि ताल गाउँपालिकाको भित्रिमधेश क्षेत्र गोदामबजार नजिकै रहेको आलि तालमा पहिलो पटक डुंगा सञ्चालन गरिएको हो ।

तालमा डुंगा सञ्चालन गरिएसँगै आलिताल पर्यटकको पर्खाइमा रहेको छ । तालको अवलोकनका लागि नै भनेर बाह्य पर्यटक आलि तालसम्म नपुगे पनि भित्रिमधेश आलिताल, जोगबुढा क्षेत्रमा पुग्ने जो कोही पनि आलिताल मै पुग्ने गरेको आलि ताल गाउँपालिका अध्यक्ष गुरुङले जानकारी गराए ।

सदरमुकामबाट झण्डै ८० किलोमिटर पश्चिममा डोटी जिल्लाको बुडर नजिकै रहेको आलितालमा पर्यटकीय सम्भावना निकै बढी रहेको छ । कञ्चनपुरको बेदकोट भएर करीब ५० किलोमिटरको कच्ची सडक भएर आलि ताल पुग्न सकिन्छ । मध्यमखालको तापमान हुने आलिताल क्षेत्रमा तालले आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गराउन गाउँपालिकाले अहिले प्रयास थालेको जनाइएको छ ।

गाउँपालिकाले पहिलो वर्ष करीब रु ६० लाखको लागतमा आलि तालसम्मको पर्यटक सडकको स्तरोन्नति गरेसँगै तालको चारैतिर करीब एक हजार ३०० मिटरभन्दा बढी पैदल मार्ग निर्माण गरेको छ ।

तालका विभिन्न स्थानमा अवलोकन र थकान मार्नका लागि छहारी घर स्थापना गरिएका छन् ।तालको किनारतिर सालका ठूलाठूला रुख ढलेकाले पहिलो चरणमा उक्त रुख हटाई ताल सरसफाइ गरिने जनाइएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार