खोटाङ, २ साउन । जिल्लाका दशवटै स्थानीय तहका जनप्रतिनिधिले आफ्नो पहिचानको लागि पोशाक र प्रतिक चिह्न (लोगो) लागू गरिएको छ ।

पुरुष जनप्रतिनिधिको हकमा दौरा, सुरुवाल, कोट र नेपाली टोपी तथा महिला जनप्रतिनिधिको हकमा सारी, चौबन्दीचोली र कोटसँगै दुई हातले उठाएको खोटाङको नक्सा र नक्सामाथि राष्ट्रिय झण्डा रहेको लोगो लागू गरिएको हो ।सर्वसाधारण तथा सरकारी कर्मचारीलाई जनप्रतिनिधि भनेर चिनारी दिनकै लागि भएपनि पोशाकमा एकरुपता र लोगो कायम गरिएको हो ।

आगामी दिनमा जिल्लामा हुने हरेक कार्यक्रम तथा कार्यालय समयमा जनप्रतिनिधिले अनिवार्यरुपमा तोकिएको पोशाक र लोगो लगाउनुपर्नेछ । २०७४ साल असोज २ गते बसेको जिल्ला समन्वय समितिको बैठकले जनप्रतिनिधिको छुट्टै पहिचानका लागि जिल्ला समन्वय समिति, दुई नगरपालिका र आठ गाउँपालिकाका वडा सदस्यदेखि गाउँ÷नगर प्रमुखको लोगोसहितको पोशाक निर्धारण गरेको थियो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार