कैलाली, ३१ असार । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीले भारतका पर्यटक, सञ्चारकर्मीलगायतको सहभागितामा नेपालमा पर्यटन विषयमा ठूलो सम्मेलन गरिने योजना रहेको बताएका छन्।

धनगढीमा आज आयोजित पत्रकार सम्मेलनमा उनले भने, “एउटा मुभमेन्ट सिर्जना गरी आगामी एक वर्षभित्र पर्यटनका क्षेत्रमा नयाँ अवस्था सिर्जना गर्न लागेका छौँ ।” पर्यटनका क्षेत्रमा नयाँ अवस्था सिर्जनाका लागि व्यवसायीलाई विभिन्न शीर्षकमा सहुलियत दिने वा करसमेत हटाउन सकिने उनले बताए ।

मन्त्री अधिकारीले प्रदेश नं ७ मा भारतसँग जोडेर पर्यटनको गुरुयोजना अघि बढाउनुपर्ने बताउँदै उनले पर्यटन व्यवसायको महत्वपूर्ण पूर्वाधारका रुपमा रहेको हवाई यातायातको विस्तारका साथै आवश्यक स्थानका विमानस्थलको स्तरोन्नति गर्नेतर्फ सरकारले काम गरिरहेको जानकारी दिए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार